विषय प्रवेश
कक्षा अवलोकन, शिक्षक र शिक्षाशास्त्रको गुणस्तरमा स्थायी सुधार ल्याउने एक शक्तिशाली उपकरणका रूपमा विश्वभर लोकप्रियता प्राप्त गरेको प्रक्रिया हो। कक्षा अवलोकनले शिक्षकलाई आत्म-विश्लेषण प्रक्रियामा संलग्न गर्न सक्षम बनाउँछ,
जहाँ उनीहरूले आफ्ना निर्देशनात्मक विधिहरूको आलोचनात्मक जाँच गरेर आफ्नो शैक्षिक ज्ञानलाई परिष्कृत गर्छन् ( Shulman,
1986). नेपालमा कक्षा अवलोकनको गुरुत्व अभिवृद्धि हुनुपर्नेमा हाल सीमितताको पराकाष्ट रहेको पाइन्छ । सामुदायिक विद्यालयमा कक्षा अवलोकनको शून्यता,
सुस्तता र रिक्तताको कारण सिकाइमा प्रत्यक्ष असर परिरहेको विभिन्न नतिजाहरूले समेत देखाएको छ । गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न कक्षा अवलोकनको क्षेत्र तथा आयतनलाई विस्तार गर्न संघीय इकाइ, स्थानीय तह, शिक्षा शाखा र
सरोकारवालाहरूले विशेष महत्व दिनुपर्ने आवश्यकता रहेको छ।
कक्षा अवलोकनको सन्दर्भमा विश्वका विभिन्न देशहरूले आफ्नै माटोको सुगन्ध झल्किने तौर तरिका र पद्धतिहरू अपनाएका छन्। फिनल्यान्ड, सिङ्गापुर, र अस्ट्रेलिया जस्ता देशहरूले कक्षा अवलोकनलाई शिक्षण प्रक्रियाको गुणस्तर सुधार गर्ने मुख्य उपकरणको रूपमा उपयोग गरेका छन्। यी देशहरूले परम्परागत निरीक्षणभन्दा अगाडि बढेर कक्षा अवलोकनलाई शिक्षणमा सुधारात्मक दृष्टिकोण र शिक्षकहरूको व्यावसायिक विकासको केन्द्र बनाएका छन्। हाम्रो जस्तो अल्प विकसित देशमा कक्षाकोठाभित्र प्रत्यक्ष शिक्षण प्रक्रिया, विद्यार्थीको सहभागिता, र शिक्षकको प्रस्तुतीकरणको गहन विश्लेषण गर्ने अभ्यास प्रायः शून्य रहेको छ भन्दा फरक नपर्ला । कक्षा अवलोकन तथा सुपरिवेक्षण गर्ने स्थानीय तहको पदाधिकारी, कर्मचारी र स्रोत विज्ञहरू बिरलै मात्रामा विद्यालय पुग्ने गरेका छन् भने कक्षा कोठामा विज्ञको पहुँच न्यून रहेको छ ।
कक्षा अवलोकनमा विभिन्न देशहरूको अभ्यासहरु
फिनल्यान्डले कक्षा अवलोकनमा सह-अवलोकन (collaborative
observation) लाई उच्च प्राथमिकता दिएको छ। यस अभ्यासमा शिक्षकहरूले एकअर्काका कक्षाकोठा अवलोकन गर्छन् र सुधारात्मक सुझाव आदानप्रदान गर्छन्। यसले शिक्षकहरूलाई सहकार्य र आत्म-प्रेरणाको वातावरणमा काम गर्न प्रोत्साहन गर्दछ। फिनल्यान्डले सूचकमा आधारित अवलोकनलाई पनि प्राथमिकता दिएको छ,
जहाँ विद्यार्थीहरूको सहभागिता,
शिक्षकको समय व्यवस्थापन, र पाठ योजनाको कार्यान्वयन जस्ता पक्षहरूको गहिरो विश्लेषण गरिन्छ।फिन्ल्यान्डको शिक्षा नितिलेनै शिक्षकहरूलाई शैक्षिक स्वतन्त्रता र नवप्रवर्तनशीलतामा जोड दिँदै शिक्षण प्रक्रियालाई सुधार गर्न प्रेरित गरेको छ।
सिङ्गापुरमा प्रविधिको उच्चतम उपयोग गरिन्छ। त्यहाँ School
Quality Assurance Platform (SQAP) जस्ता अनलाइन उपकरणहरूको प्रयोगले वास्तविक समयमा कक्षा अवलोकन सम्भव बनाएको छ। अनलाइन प्लेटफर्ममार्फत शिक्षकहरूको कार्यसम्पादन ट्र्याक गर्न र सुधारात्मक सुझाव दिन सकिने व्यवस्था गरिएको छ।यस्तै सिङ्गापुरले राष्ट्रियस्तरका सूचकहरू विकास गरी विद्यार्थीहरूको सिकाइ उपलब्धि र शिक्षकहरूको कार्यसम्पादनलाई मापन गर्छ। यहाँ Master Teacher Framework प्रयोग गरी वरिष्ठ शिक्षकहरूलाई कक्षा अवलोकनमा सहभागी गराउने अभ्यासले गुणस्तरीय शिक्षा प्रवर्द्धन गरेको छ।
अस्ट्रेलियामा "Clinical
Supervision" अवधारणाले शिक्षकहरूको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यो अवधारणामा शिक्षकहरूको कक्षाकोठामा प्रत्यक्ष अवलोकन गरिन्छ,
र तिनको शिक्षण शैलीको विश्लेषण गर्दै व्यक्तिगत सुधारात्मक सुझाव दिइन्छ। शिक्षकहरूको क्षमतामा वृद्धिका लागि सार्वजनिक र निजी साझेदारीमार्फत विशेष तालिम कार्यक्रमहरू सञ्चालन गरिन्छ। समावेशी शिक्षणलाई प्रवर्द्धन गर्दै विशेष आवश्यकता भएका विद्यार्थीहरूका लागि पनि कक्षा अवलोकनलाई प्राथमिकतामा राखिएको छ। अमेरिकामा
"Performance Evaluation Model" प्रयोग गरिन्छ। शिक्षकको पाठ योजनाको तयारी,
विद्यार्थीको सहभागिता, र शिक्षण विधिको प्रभावकारितालाई मापन गर्ने अभ्यास प्रचलनमा छ । जापानले Lesson Study अवधारणामा आधारित कक्षा अवलोकनलाई अपनाएको छ। यसमा शिक्षकहरूले सामूहिक रूपमा पाठ योजना तयार गर्छन्, एकअर्काको कक्षामा अवलोकन गर्छन्, र सुधारका लागि छलफल गर्छन्। विकसित देशका यस्ता लोभलाग्दा क्रियाकलापहरूबाट हाम्रा देशले राम्रा पक्ष अनुसरण गर्न जरुरी रहेको छ ।
नेपालका लागि यी देशहरूका अभ्यासहरू प्रेरणादायी हुन सक्छन्। उदाहरणको लागि फिनल्यान्डको सह-अवलोकन अभ्यासबाट सिक्दै शिक्षकहरूलाई एकअर्काका कक्षाकोठा अवलोकन गर्न प्रोत्साहन गर्न सकिन्छ। सिङ्गापुरको जस्तै सूचकमा आधारित अनुगमन प्रणाली विकास गर्न र डिजिटल उपकरणहरू प्रयोग गरी अनलाइन अनुगमनलाई प्रोत्साहन गर्न आवश्यक छ। अस्ट्रेलियाको क्लिनिकल सुपरिवेक्षण अभ्यासबाट प्रेरणा लिँदै शिक्षकहरूको प्रत्यक्ष अवलोकन र व्यक्तिगत सुधारात्मक सुझाव दिने प्रणालीलाई कार्यान्वयन गर्न सकिन्छ। कक्षा अवलोकनले शिक्षकहरूको व्यावसायिक विकास र शैक्षिक गुणस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालले आफ्नो सांस्कृतिक र भौगोलिक आवश्यकतालाई ध्यानमा राखी यी अभ्यासहरूलाई सान्दर्भिक रूपमा लागू गर्न सकेमा शिक्षाको स्तर वृद्धिमा उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ।
कक्षा अवलोकनमा प्रयोग गर्न सकिने सरल तौर तरिकाहरू
कक्षा अवलोकनका विविध नामहरूले यसको उद्देश्य, विधि, र कार्यान्वयनका विभिन्न दृष्टिकोणहरूको परिकल्पना प्रस्तुत गर्दछ। यस्ता विधिहरू संसारभरका विभिन्न देशहरूले अपनाएका छन् । हरेक कक्षा अवलोकनको विधि शिक्षाशास्त्रमा विशेष उद्देश्य पूरा गर्नका लागि डिजाइन गरिएको हुन्छ। जसमध्ये विभिन्न विधिहरू जुन हाम्रो जस्तो देशको लागि आवश्यक छ त्यस्ता सरल तौर तरिकाहरु बारे संक्षिप्तमा उल्लेख गरिएको छ ।
Classroom
Observation (साधारण कक्षा अवलोकन) यो सबैभन्दा सामान्य र प्रचलित नाम हो, जसलाई धेरै देशहरूले शिक्षण-शिक्षण प्रक्रियाको प्रत्यक्ष अवलोकन र मूल्याङ्कनका लागि प्रयोग गर्छन्। यो विधि शिक्षकको कक्षामा प्रत्यक्ष सहभागिता मार्फत मूल्याङ्कन गर्न र शिक्षकको सुधारात्मक पक्षलाई पहिचान गर्न मद्दत गर्दछ।
विद्यालय अनुगमनकर्ता तथा सुपरिवेक्षकहरू विद्यालयमा पुगिहाले पनि प्रायः बाहिरी निरीक्षणमा मात्र केन्द्रित हुने गरेको भनी समयसमयमा गुनासो समेत व्यक्त हुने गरेको पाइन्छ। नेपालमा कक्षा अवलोकन प्रायः विद्यालय अनुगमनकर्ताहरू र सुपरिवेक्षकहरूको उपस्थिति ज्यादै न्यून हुन्छ। यद्यपि,
आजको आवश्यकता भनेको कक्षामा प्रत्यक्ष सहभागिता मार्फत शिक्षण विधिहरूको मूल्याङ्कन गर्नु हो। उदाहरणका रूपमा, नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरूमा जहाँ शिक्षिका शिक्षकहरू प्रायः परम्परागत शिक्षण विधिहरूमा सीमित छन्, त्यहाँ कक्षा अवलोकनको माध्यमबाट शिक्षकलाई नयाँ विधिहरूको प्रयोग र विद्यार्थी सहभागिता बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्दछ।
Clinical
Supervision (क्लिनिकल सुपरिवेक्षण) एक विशेष विधि हो जुन शिक्षकको व्यक्तिगत मार्गदर्शन र सुधारका लागि डिजाइन गरिएको हुन्छ। यसमा शिक्षकलाई प्रत्यक्ष कक्षामा अवलोकन गरी सुधारका लागि सुझाव दिइन्छ। यो विधि अस्ट्रेलिया, अमेरिका, र युरोपका धेरै देशहरूमा प्रचलित छ, जहाँ शिक्षकलाई सशक्त र प्रभावकारी बनाउनका लागि प्रत्यक्ष पर्यवेक्षण गरिन्छ। नेपालमा,
यदि कक्षा अवलोकनको क्रममा शिक्षकलाई प्रत्यक्ष प्रतिक्रिया र परामर्श दिने प्रक्रिया अपनाइन्छ भने, यसले शिक्षकको व्यावसायिक विकास र शिक्षक शिक्षाशास्त्रमा सुधार ल्याउन मद्दत पुर्याउन सक्छ। उदाहरणका रूपमा,
एक शिक्षकको पठन विधि अनुगमन गर्दा, यदि शिक्षक विद्यार्थीहरूको ध्यान आकर्षित गर्न कठिनाइमा छन् भने,
व्यक्तिगत रूपमा सुधार र समाधानका उपायहरू सुझाव दिन सकिन्छ। नेपालमा शिक्षण प्रक्रियामा सहकार्यको अभाव छ, र शिक्षकहरू प्रायः एकअर्कासँग सुझाव वा प्रतिक्रिया साटासाट गर्दैनन्। फिनल्यान्ड र जापानमा यो विधि लोकप्रिय छ,
जसमा शिक्षकहरू एकअर्काका कक्षामा जाँदै सुधारात्मक प्रतिक्रिया दिन्छन्। नेपालमा, शिक्षकहरूले एकअर्काको कक्षा अवलोकन गर्नका लागि नियमित सेमिनारहरू र कार्यशालाहरू आयोजना गर्न सकिन्छ। उदाहरणका लागि, स्थानीय तहहरुले केही स्कूलहरूमा "teacher learning
communities" (TLCs) को अवधारणा अपनाइएको छ,
जसमा शिक्षकहरूले एकअर्काका कक्षामा जान्छन् र विभिन्न शिक्षण विधिहरूको बारेमा छलफल गर्छन् जसले शिक्षकको आपसी सहयोग र सन्देश आदानप्रदानलाई प्रवर्द्धन गर्छ।
Instructional
Supervision (शैक्षणिक पर्यवेक्षण) नेपालमा धेरै विद्यालयमा शिक्षकहरूको निर्देशनात्मक क्षमता मूल्याङ्कन गर्न कम ध्यान दिइन्छ। जहाँ शिक्षकको कार्यशैली र पठन क्षमता सुधार गर्ने उद्देश्यले मूल्याङ्कन गरिन्छ। नेपालमा, यदि विद्यालय अनुगमनकर्ताहरूले शिक्षिकाको निर्देशनात्मक क्षमतामा मूल्याङ्कन गरेर सुधारात्मक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्छन् भने,
यसले शिक्षाशास्त्रको स्तरमा वृद्धि ल्याउन सक्छ। उदाहरणका रूपमा,
यदि एक शिक्षकले पाठ्यक्रम पूरा गर्न ढिला गर्दछन् भने, निर्देशनात्मक पर्यवेक्षणको माध्यमबाट उनीलाई पाठ योजनामा सुधार र समय व्यवस्थापनका उपायहरू सिकाइन सकिन्छ ।अमेरिकी शिक्षा प्रणालीमा प्रचलित यो विधिले शिक्षकको निर्देशनात्मक क्षमतालाई मूल्याङ्कन र सुधार गर्ने उद्देश्य राख्दछ। यसले शिक्षकको कार्यशैलीमा सुधार ल्याउन र उच्च गुणवत्ता शिक्षणको लक्ष्य हासिल गर्न मद्दत पुर्याउँछ।
Lesson
Study Observation (पाठ अध्ययन अवलोकन) नेपालमा यो विधि शिक्षकको सामूहिक प्रयासलाई बढावा दिन सहयोगी हुन सक्छ। उदाहरणका रूपमा, लिम्चुङवुङ गाउँपालिकाको एक विद्यालयमा शिक्षकहरूले समूहमै मिलेर एक पाठ योजना तयार गर्नुभएको छ र त्यसको कार्यान्वयनपछि समूहमा समीक्षा समेत गरिएको छ । यसरी कक्षा अवलोकनका लागि सहकार्य र अनुभव साटासाट गर्ने प्रक्रिया शिक्षा सुधारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। जापानले विकास गरेको यो विधि पाठ योजना निर्माण, कार्यान्वयन र समीक्षा प्रक्रियाको एक अविभाज्य हिस्सा हो। यसमा शिक्षकहरूले मिलेर पाठ योजना तयार गर्छन् र कक्षा सञ्चालन पछि यसको समीक्षा गर्छन्, जसले समूहका शिक्षकमाझ साझा अनुभव र विधिका बारेमा सिक्नको अवसर दिन्छ।
Performance
Monitoring (कार्यसम्पादन अनुगमन) नेपालमा शिक्षकहरूको कार्यसम्पादन प्रायः केवल बाह्य निरीक्षणमा आधारित हुन्छ। शिक्षकको कार्यसम्पादनलाई नियमित मूल्याङ्कन गरेर र विशेष सूचकांक (जस्तै विद्यार्थीको सिकाइ स्तर) मार्फत अनुगमन गरेर शिक्षणको गुणस्तर सुधार गर्न सकिन्छ। उदाहरणका रूपमा,
यदि कुनै शिक्षक विद्यार्थीहरूको प्रतिक्रिया लिनमा असमर्थ छन् भने,
कार्यसम्पादन अनुगमनद्वारा यस समस्याको पहिचान र सुधार गर्न सकिन्छ । यस विधिलाई मुख्यतया अमेरिका र सिङ्गापुरका शैक्षिक प्रणालीहरूमा शिक्षकको कार्यसम्पादन मापन गर्न प्रयोग गर्ने गरिन्छ। यसमा शिक्षकको कार्यसम्पादनलाई सूचकांकमार्फत मूल्याङ्कन गरिन्छ जसले शिक्षकको दक्षतामा सुधार ल्याउने काम गर्छ।
Pedagogical
Supervision (शिक्षाशास्त्र पर्यवेक्षण) नेपालमा शिक्षाशास्त्रको गुणस्तर सुधार गर्नका लागि
Pedagogical
Supervision विधि अत्यन्त प्रभावकारी हुन सक्छ। यस विधिमा शिक्षकको शिक्षण विधि र विधिको प्रभावकारिता मूल्याङ्कन गर्न गहिरो निरीक्षण प्रक्रिया अपनाइन्छ। नेपालका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारको आवश्यकता विशेष गरी प्रायः सरकारी र ग्रामीण विद्यालयहरूमा आवश्यक छ। यी विद्यालयहरूमा शिक्षकहरूले परंपरागत विधिहरूको पालन गरेका हुन्छन् र नयाँ पद्धतिहरूको प्रयोगमा असहज महसुस गर्छन्। उदाहरणका रूपमा,
यदि कुनै विद्यालयमा शिक्षकले विद्यार्थीको सक्रिय सहभागिता बढाउने उद्देश्यले कक्षाको सञ्चालन गर्न चाहन्छन् भने, Pedagogical Supervision को माध्यमबाट शिक्षण विधिको गहिरो निरीक्षण गरेर, शिक्षकलाई नयाँ विधिहरू र रणनीतिहरूको प्रयोगमा सुझाव दिन सकिन्छ। यसले शिक्षकलाई नयाँ शैक्षिक रूपान्तरणीय अभ्यासमा प्रेरित गर्नेछ र शिक्षाशास्त्रमा गुणस्तरीय सुधार ल्याउन सघाउ पुर्याउँदछ। युरोपका देशहरूमा प्रचलित यो विधि शिक्षाक्षेत्रको गुणस्तर सुधार गर्नका लागि प्रयोग गरिन्छ। यसले शिक्षकको शिक्षण विधिको प्रभावकारिता मूल्याङ्कन गर्नको लागि एक गहिरो निरीक्षण प्रक्रिया प्रस्तुत गर्ने गर्दछ।
Appraisal
Observation (मूल्याङ्कन अवलोकन) नेपालका विद्यालयहरूमा शिक्षकहरूको वार्षिक मूल्याङ्कन प्रक्रिया प्रायः असंरचित र औपचारिक जाँचका आधारमा हुन्छ। Appraisal
Observation विधि जस्तै ब्रिटेन र अन्य देशहरूमा शिक्षकको वार्षिक कार्यसम्पादन मूल्याङ्कनको क्रममा कक्षा अवलोकन र शिक्षकको समग्र कार्यको मूल्याङ्कन एकैसाथ गर्ने गर्दछन् । नेपालमा यस विधिको अनुकूलन गर्दा,
शिक्षकको वार्षिक कार्यसम्पादनको समग्र मूल्याङ्कन, कक्षाको गुणस्तर, विद्यार्थीहरूको सहभागिता,
पाठ्यक्रमको प्रभावकारिता र शिक्षकको पेशागत विकासका पहलहरूलाई समावेश गर्न सकिन्छ। उदाहरणका रूपमा, एक विद्यालयमा शिक्षकको वार्षिक मूल्याङ्कन गर्दा, विद्यालय अनुगमनकर्ताले कक्षामा प्रत्यक्ष अवलोकन गरी शिक्षकको कार्यसम्पादनको मूल्याङ्कन गर्न सक्छन् र यसबाट शिक्षकलाई सुधारका लागि विभिन्न अवसरहरू पनि पहिचान गर्न मद्दत पुर्याउन सक्छ। यसले शिक्षकको कक्षामा कार्यसम्पादनको समग्र मूल्याङ्कन गर्छ र विकासको अवसरहरू पहिचान गर्न मद्दत गर्दछ।
Developmental
Supervision (विकासात्मक पर्यवेक्षण) यस विधिले दीर्घकालीन सुधार ल्याउनका लागि शिक्षकलाई आवश्यक प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दछ। यस विधिको प्रमुख उद्देश्य भनेको शिक्षकलाई आत्मविकासमा मद्दत पुर्याउने हो। नेपालमा, शिक्षकहरूको पेशागत विकास र क्षमता निर्माणको प्रक्रिया प्रायः सीमित छ, विशेष गरी ग्रामीण र दूरदराजका विद्यालयहरूको अवस्था चिन्ताजनक रहेको छ। नेपालका शिक्षक तथा शिक्षिकालाई यो विधि अनुकूलन गरेर नियमित प्रशिक्षण कार्यक्रम र परामर्श प्रदान गर्न सकिन्छ। उदाहरणका रूपमा,
यदि कुनै शिक्षकलाई कक्षा संचालनमा समस्या आइरहेको छ भने, विकासात्मक पर्यवेक्षणमार्फत समस्याको सम्बोधन गरिन्छ,
जसले शिक्षकको दीर्घकालीन सुधार र व्यक्तिगत विकासमा मद्दत पुर्याउँछ।यो विधि दीर्घकालीन सुधारको लागि प्रयोग गरिन्छ। यसले शिक्षकलाई आवश्यक प्रशिक्षण र मार्गदर्शन प्रदान गर्छ र एक सकारात्मक शिक्षाशास्त्रको प्रवृत्तिलाई उत्पन्न गर्दछ।
Collaborative
Observation (सहकार्य आधारित अवलोकन) नेपालमा Collaborative
Observation विधि अपनाएर शिक्षक र पर्यवेक्षक मिलेर कक्षा अवलोकन गर्ने प्रक्रिया अत्यन्त प्रभावकारी हुन सक्छ। यस विधिमा शिक्षक र पर्यवेक्षक मिलेर कक्षा सञ्चालनको अवलोकन गर्छन् र सुधारात्मक कदम चाल्नका लागि प्रतिक्रिया र सुझाव दिने कार्य गरिन्छ। यसबाट शिक्षकलाई सुधारका लागि सकारात्मक वातावरण सिर्जना गरिन्छ। नेपालका विद्यालयहरूमा सहकार्य र शिक्षकहरूको आपसी सहयोग प्रायः कम हुन्छ। यो विधि प्रयोग गरेर,
विद्यालयका शिक्षकहरू आपसमा कक्षा अवलोकन गरी एकअर्कालाई सुधारका उपाय र सुझाव दिन सकिन्छ। उदाहरणका रूपमा, लिम्चुङबुङका कुनै विद्यालयमा, शिक्षकहरूले आपसमा कक्षा अवलोकन गर्दै एकअर्कालाई नयाँ शिक्षण विधिहरूमा सल्लाह दिन सक्छन, जसले शिक्षामा सुधार ल्याउनेछ।यो विधि शिक्षक र पर्यवेक्षकहरु मिलेर कक्षा अवलोकन गर्ने प्रक्रिया भन्ने बुझ्नुपर्दछ। यसमा शिक्षक र पर्यवेक्षक मिलेर सुधारात्मक कदम चाल्नका लागि कक्षा सञ्चालनको अवलोकन गर्दै प्रतिक्रिया र सुझाव दिने कार्य समेत प्रभावकारी मानिन्छ।
Self-Reflective
Supervision (आत्म-विश्लेषणात्मक पर्यवेक्षण) नेपालमा Reflective
Supervision विधिको प्रभावकारिता शिक्षक तथा शिक्षिकालाई आफ्ना शिक्षण विधिको आत्म-विश्लेषण गर्न प्रोत्साहित गर्ने विधिमा निहित छ। यसले शिक्षकलाई आफ्ना शिक्षण विधिहरूको मूल्याङ्कन गर्ने र सुधारका उपायहरू पहिचान गर्ने अवसर दिन्छ। नेपालमा धेरै शिक्षिकाले आत्म-विश्लेषण गर्ने अवसर कम पाउँछन्। यस विधिको प्रयोग गर्दा,
शिक्षकहरूले आफ्नो कक्षाको अनुभवलाई समीक्षा गरेर आगामी कक्षामा सुधार गर्न सक्नेछन्। उदाहरणका रूपमा, एक शिक्षकले आफूले गरेका कुनै विशेष शिक्षण पद्धतिहरूको प्रभावकारिता आत्म-विश्लेषण गरेर मूल्याङ्कन गर्न सक्छन् र यसबाट शिक्षकलाई आफ्ना विधिहरूमा सुधार ल्याउन सहयोग पुग्नेछ। यसले शिक्षकलाई आफ्नो अभ्यासलाई पुनः मूल्याङ्कन गर्न र सुधारका उपायहरू पहिचान गर्न मद्दत समेत गर्दछ, जसले शिक्षणको गुणस्तरमा सुधार ल्याउँछ।
नेपालमा कक्षा अवलोकनलाई प्रभावकारी बनाउनका लागि यी विधिहरूको अनुकूलन गर्न अत्यन्त अपरिहार्य आवश्यकता रहेको छ। यसबाट शिक्षकहरूको व्यावसायिक विकास, शिक्षा प्रणालीको गुणस्तरमा सुधार र विद्यार्थीहरूको समग्र सिकाइ अनुभवमा वृद्धि हुन सक्छ।
Pedagogical
Supervision र
Developmental
Supervision जस्ता विधिहरूले शिक्षकलाई सुधारका लागि आवश्यक मार्गदर्शन र प्रशिक्षण दिनेछन्,
भने Collaborative
Observation र
Reflective
Supervision जस्ता विधिहरूले शिक्षकहरूको आपसी सहकार्य र आत्मविश्लेषणलाई प्रवर्द्धन गर्नेछन्।
यसले शैक्षिक गुणस्तरमा स्थायी सुधार ल्याउन मद्दत गर्दछ । शिक्षकहरूको व्यक्तिगत र सामूहिक विकासमा समेत मद्दत पुर्याउँदछ। कक्षा अवलोकन नेपालमा अझ प्रभावकारी बनाउनका लागि स्थानीय शैक्षिक चुनौतीहरूको सामना गर्दै ती विधिहरूलाई समायोजन गर्न र शिक्षा मन्त्रालयका स्तरमा जागरूकता अभिवृद्धि गर्न आवश्यक छ। (Shrestha,
2022)
कक्षा अवलोकनको नमुना ढाँचा
प्रसिद्ध विद्वान Hattie
(2009) को शब्दसापटी लिने हो भने कक्षा अवलोकनबाट प्राप्त प्रतिक्रिया शिक्षण अभ्यास र विद्यार्थीको उपलब्धि सुधार्ने सबैभन्दा शक्तिशाली उपकरणमध्ये एक हो,
किनकि यसले प्रत्यक्ष रूपमा सिकाइमा शिक्षणको प्रभावलाई बुझ्न मद्दत गर्दछ भने विश्लेषण गर्नुभएको छ।
नेपालमा सङ्घीयताको कार्यान्वयन सँगसँगै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह को अधिकार क्षेत्रभित्र रहेको छ। यस अवस्थामा विद्यालय अनुगमन सुपरिवेक्षण तथा कक्षा अवलोकन जस्ता विषयहरू ओझेलमा पर्दै आएका छन्। राष्ट्रिय तथा स्थानीय रूपमा कक्षा अवलोकन सम्बन्धी स्पष्ट फारम तथा नमुना ढाँचा पनि प्राप्त पाइन्न यसकारण विद्यालय अनुगमन तथा सुपरिवेक्षण र कक्षा अवलोकन कर्मकाण्डी रुपमा सिमित हुन पुगेको छ। खस्कदो सिकाइलाई सुधार गरी शिक्षाको पेशागत क्षमता वृद्धि र नतिजामा आधारित कक्षा अवलोकन गर्नको लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिका र लिम्चुङ गाउँपालिकामा परीक्षण गरी तयार पारिएको यस नमुना ढाँचा अवलोकनकर्ता र सुपरिवेक्षकलाई सन्दर्भको रूपमा सहयोगी साधन हुन सक्दछ।
============== ufpF ÷gu/ kflnsf============
lzIff
o'jf tyf v]ns"b zfvf ===================
sIff cjnf]sg kmf/d
ljBfnosf] gfdM
=============================================================================================================
7]ufgfM
============================================================================
ldltM ====================================
sIffM ===============ljifoM
==================== kf7 zLif{s ==============================================
306LM ==========
|
ljBfyL ljj/0f |
egf{ |
pkl:yt ;+Vof |
cg'kl:yt ;+Vof |
s}lkmot |
|
5fq÷s]6f |
|
|
|
|
|
5fqf÷s]6L |
|
|
|
|
|
hDdf |
|
|
|
|
|
kIf |
cjnf]sg kIf÷;"rsx? |
5 |
5}g |
||
|
pQd |
dWod |
lgDg |
|||
|
lzIfssf] tof/L tyf sIff Aoj:yfkg |
kf7\oqmd / kf7\o;fdu|Lsf] sIffdf pknAwtf |
|
|
|
|
|
lzIfssf] lzIf0f of]hgf ePsf]÷jflif{s÷PsfO÷b}lgs |
|
|
|
|
|
|
z}lIfs ;fdu|Lsf] Aoj:yf |
|
|
|
|
|
|
cl3Nnf] lbgsf] u[xsfo{ hfFrL ljBfyL{nfO{ k[i7kf]if0f
;lxt lkmtf{ lbPsf] cj:yf |
|
|
|
|
|
|
l;sfO cg's"n ljBfyL{ a;fO Aoj:yf |
|
|
|
|
|
|
kIf |
cjnf]sg kIf÷;"rsx? |
5 |
5}g |
||
|
sIff ;+rfng |
sIffsf] cf/De |
pQd |
dWod |
lgDg |
|
|
ljBfyL{ ;Fusf] clejfbg ePsf] |
|
|
|
|
|
|
ljBfyL{sf] a;fO lg/LIf0f u/]sf] |
|
|
|
|
|
|
l;sfO ;fdu|Lx? k|bz{gsf nflu tof/ kf/]sf] |
|
|
|
|
|
|
n]Vg]kf6L tof/L u/]sf] |
|
|
|
|
|
|
ljBfyL{ pTk]|/0ff k}bf u/]sf] -k"j{kf7sf]
k'g/fa[lQ, ljifo;Fusf] ljifo ;Fu ;DalGwt k|f;flËs ljifo jf cGo /f]rs
k|;Ëaf6_ |
|
|
|
|
|
|
sIffsf] ljsf; |
|
|
|
|
|
|
ljBfyL{ s]lGb|t ljlwsf] k|of]u u/]sf] -clego,
kl/of]hgf, 5nkmn, s];:6l8 cflb_ |
|
|
|
|
|
|
n]Vg]kf6LnfO{ l;sfOsf nflu k|of]u u/]sf] |
|
|
|
|
|
|
z}lIfs ;fdu|Lsf] k|of]u ;fGble{s ?kdf u/]sf] |
|
|
|
|
|
|
lzIfsn] eg]sf] ;a} ljBfyL{n] ;''Gg ;Sg] / n]v]sf]
;a}n] b]Vg ;Sg] cj:yf /x]sf] |
|
|
|
|
|
|
;a} ljBfyL{n] ;'Gg ;Sg] / n]v]sf] ;a}n] b]Vg ;Sg]
cj:yf /x]sf] |
|
|
|
|
|
|
;a} ljBfyL{nfO{ l;sfOdf ;xeflu u/fPsf] |
|
|
|
|
|
|
ljBfyL{nfO lh1f;fnfO{ ;Daf]wg ug]{ u/]sf] |
|
|
|
|
|
|
ljBfyL{sf] sIff sfo{sf] AolQmut / ;fd"xut
?kdf ;Gt'ng |
|
|
|
|
|
|
lzIfssf] cfjfh k|i6 / Aojfxf/ ljBfyL{d}qL ePsf] |
|
|
|
|
|
|
lzIfs ljifoj:t'df k|i6 eO lzIf0f u/]sf] |
|
|
|
|
|
|
lzIfsn] ;do ;dodf kf7sf] d"Nof+sg ug]{
u/]sf] |
|
|
|
|
|
|
sIffsf] cg'zf;g sfod /fVg] tl/sf h:t}M :ofjf;L,
xf};nf, k|f]T;fxg k'/:sf/sf] k|of]u ug]{ u/]sf] |
|
|
|
|
|
|
lzIf0f l;sfOdf ;"rgf ;+rf/ k|ljlwsf] k|of]u |
|
|
|
|
|
|
kf7sf] d"Vo ;Gb]z ljBfyL{df k|i6 ePsf] |
|
|
|
|
|
|
sIffsf] ;dfkg |
;"rsx? |
5 |
5}g |
||
|
pQd |
dWod |
lgDg |
|
||
|
kf7sf] ;f/f+z k|:t't u/]sf] |
|
|
|
|
|
|
lnlvt j df}lvs ?kdf d"Nof+sg u/]sf] |
|
|
|
|
|
|
u[xsfo{ jf kl/of]hgf sfo{ lbPsf] |
|
|
|
|
|
|
ljBfyL{;Fusf] ljbfO÷sIffsf] ;dfkg /f]rs 9+uaf6 u/]sf] |
|
|
|
|
|
|
;du| l;sfOsf] k|efjsfl/tf |
;"rsx? |
5 |
5}g |
||
|
pQd |
dWod |
lgDg |
|
||
|
tf]lsP cg';f/sf] kf7sf] p2]Zo k'/f eP gePsf] cj:yf |
|
|
|
|
|
|
;du| kf7sf] k|efjsf/Ltf |
|
|
|
|
|
|
ljBfyL{;Fusf] k|lts[ofaf6 k|fKt ;'emfj================================================== |
|||||
|
===================================================================================================== |
|||||
:kl:6s/0fM :t/ lgwf{/0fsf] c+s lbbf 5 cGtu{t
pQd / dWodsf] dfq /]hf u0fgf ul/g]5 .
:t/ lgwf{/0f / k|dfl0fs/0f
|
s|=;+= |
cjnf]sg |
glhtf |
:t/sf] AofVof |
:t/ |
|
! |
!) eGbf sd |
cToGt} sdhf]/ |
;'lw|g]÷;'wf/ ug]{ df}sf k|bfg |
NG |
|
@ |
!) b]lv !% eGbf sd |
Go"g |
;fwf/0f ;'lw|g]÷;'wf/ ug]{ k|ltj4tf |
D |
|
# |
!% b]lv @) eGbf sd |
;Gtf]if hgs |
;'wf/ ug'{kg]{ kIf |
C |
|
$ |
@) b]lv @% eGbf sd |
pQd |
;fwf/0f lh1f;' |
B |
|
% |
@% eGbf dfly |
pTs[i7 |
l/ˆn]lS6e lzIfs cfbz{jfg lzIfs aGg] |
A |
cjnf]sgstf{sf] k|ltlqmof
==================================================================================================
==============================================================================================================================================================================================================================================================================
|
||||
|
||||
प्रयोग तरिका
यस फारमबाट हामीले साधारणतया शिक्षकको समग्र कक्षा अवलोकनको अवस्था पत्ता लगाई विषय शिक्षकहरुलाई ट्रिगररिङ्ग र आत्ममूल्यांकन समेत गराउन सकिन्छ । शिक्षकले शिक्षण गरेको विषयवस्तुमा कस्तो शिक्षण अवस्था रहेको छ भनी महसुसीकरण गराउन यस फारम महत्वपूर्ण साधनको रूपमा रहेको छ । शिक्षकले शिक्षण गरेको समयमा अवलोकनकर्ताले अवलोकन गर्ने र सूचक अनुरुप भए नभएको कुरामा उत्तम, मध्यम, निम्न अथवा छैन भन्ने महलमा भए गरेको अवस्थालाई रेजा लगाउँदै जानुपर्दछ । यस फारमलाई भर्न आफ्नै सहपाठी तथा सहजकर्ता वा बाह्य स्रोत व्यक्तिबाट समेत जो कोहीले भर्न सकिनेछ । गरेको कार्य अवस्थालाई मूल्याङ्कन तथा अवलोकन गर्दा अत्यन्त धैर्यपूर्वक र ध्यानपूर्वक गर्नुपर्दछ । त्यसपश्चात उत्तम र मध्यममा लागेको रेजा गणना गरी तल कुन स्तरको नतिजा आयो भनी शिक्षकलाई जानकारी दिनुपर्दछ र प्रधानाध्यापकलाई समेत जानकारी गराई हस्ताक्षर गराउनुपर्ने हुन्छ।कुन कुन विषय क्षेत्रमा राम्रो अवस्था रहेको छ र कुन कुन विषय क्षेत्रमा निम्न अवस्था रहेको वा नगरिएको कार्यलाई समीक्षा छलफल गरी विशेष शिक्षाको लागि आवश्यक सुधार तथा सुझावहरू समेत प्रदान गर्नुपर्दछ । पुनः दोस्रोपटक अवलोकन गरी अपेक्षा गरेअनुसार सुधार भए नभएको यकि नसमेत गर्न सकिन्छ । यसरी नियमित रुपमा कक्षा अवलोकन गरे पक्कै पनि शैक्षिक सुधारको स्तर अभिवृद्धि हुन
सक्दछ।
सन्दर्भहरू
शिक्षा मन्त्रालय, नेपाल सरकार. (२०७९). शैक्षिक गुणस्तर परिक्षण फाराम २०७९. शिक्षा मन्त्रालय, काठमाडौं, नेपाल.
नेपाल शिक्षा परिषद. (२०७९). गुणस्तरीय शिक्षाका लागि मूल्याङ्कन र परिक्षण प्रक्रिया। नेपाल शिक्षा परिषद, काठमाडौं, नेपाल.
नेपाल राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद (NERTC).
(२०७९). शैक्षिक गुणस्तर सुधारका लागि कक्षा मूल्याङ्कन मापदण्ड। NERTC, काठमाडौं, नेपाल.
सन्दर्भ:
Shrestha, R. (2022). Classroom Observation in Nepal: Current Practices and
Future Prospects. Journal of Educational Development, 18(2), 65-80.


0 Comments