Govinda Karki

Govinda Karki
Pen is symbol of power

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो अवस्था रहेको सम्बन्धी समस्या समाधान अध्ययन प्रतिवेदन लेखन

 

वैयत्तिक समस्या समाधान परीक्षण

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो अवस्था रहेको सम्बन्धी समस्या समाधान अध्ययन प्रतिवेदन लेखन


गोविन्द कार्की

लिम्चुङबुङ गाउँपालिका कोशी प्रदेश नेपाल

पृष्ठभूमि: 

नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको ग्राफ प्रत्येक शैक्षिक सत्रमा निरन्तर खस्कदो अवस्था रहेको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) को २०७९ को प्रतिवेदनलाई आधार मान्ने हो भने पनि विद्यालयहरूले शैक्षिक गुणस्तर निरन्तर रुपमा खस्किरहेको अवस्था देखाउँछ (शैक्षिक गुणस्तर परीक्षणको प्रतिवेदन २०७९ ) ।

राष्ट्रिय परीक्षा बोर्डबाट लिइने कक्षा १० को SEE परीक्षाको नतिजामा करिव ५२% विद्यार्थीहरूले सिकाइको सक्षमता पूरा गर्न नसकेको अवस्थाबाट पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था निरन्तर खस्कदो रहेको छ भनेर विश्लेषण गर्न सकिन्छ (SEE नतिजा २०८१ पहिलो चरण) 

सामान्यतया पाठ्यक्रमले निर्दिष्ट गरेको सक्षमता बालबालिकाले तह र विषयअनुसार हासिल गर्न नसक्ने अवस्थालाई हामी शैक्षिक गुणस्तरको खस्कदो अवस्था भनेर बुझ्ने गर्दछौ । स्थानीय तहहरूले लिने आधारभूत तहको परीक्षा कक्षा ८ को नतिजा विश्लेषण गर्ने हो भने शैक्षिक गुणस्तरको खस्कदो भयावह अवस्था चित्रित गर्न सकिन्छ (आधारभूत तह कक्षा आठको परीक्षाको नतिजा सम्बन्धी स्थानीय तहको विश्लेषण २०८०) ।  यसर्थ शैक्षिक गतिविधिमा सिकाईप्रति सन्तुष्टि हुन नसक्ने आधार हरु प्रशस्त भेटिन्छन । यसरि वार्षिक नतिजा निरन्तर रुपमा खस्कदो रहिरहेको घाम जत्तिकै छर्लङ्ग छ तथापि कुनै पनि सरोकारवालाहरु प्रत्यक्ष रुपमा जवाफदेही बन्न नसकेको अवस्था प्रमुख समस्या हो । हाल सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको खस्कदो अवस्थालाई सिकाइको गुणस्तर स्खलनको अवस्था भनी प्रतिबिम्बित गर्दछ ।

  1. समस्याको पहिचान: मुख्य समस्या -  विद्यालयमा विद्यार्थीको उपस्थिति दर अत्यन्त न्यून हुनु । 

सिकाइको केन्द्रबिन्दु बालबालिकाहरू हुन् जबसम्म बालबालिकाहरूको पहुँच, सक्रिय सहभागिता र नियमित उपस्थिति विद्यालयमा हुन सक्दैन सिकाइको खाडल त्यहीँबाट सुरु हुन्छ। बालबालिकाको घरायसी समस्या, अभिभावकहरुमा, चेतनाको कमी तथा विद्यालय र सामुदायको सम्बन्धमा दरार उत्पन्न भई बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र सिकाउन सकिएको छैन। सामुदायिक विद्यालयहरूको बालबालिकाको औसत उपस्थिति दर विश्लेषण गर्दा एक शैक्षिक सत्रमा ७५ (पचहतर) दिन मात्र हुन आउँछ (लिम्चुङ्गुङ गाउँपालिकाको शैक्षिक पार्शवचित्र २०८०) । विद्यालयमा बालबालिकाको उपस्थिति दर न्यून भए पश्चात् उनीहरू ले सिक्नुपर्ने सिकाइका कुराहरू पूरा नहुने हुँदा त्यसको असर स्वत: नतिजामा पर्छ र सिकाई गुणस्तरको खस्कदो अवस्था रहिरहन्छ यस्ता सिकाईको दुस्चक्रलाई निराकरण गर्न समस्याको गहिरो विश्लेषण गरी दीर्घकालीन समाधान खोज्न आवश्यक छ। विद्यालयको सम्पूर्ण स्रोत, जस्तै: जनशक्ति, भवन, कक्षाकोठा, व्यवस्थापन र सबै सजावटहरूले भरिपूर्ण भएतापनि सिकारु तथा विद्यार्थीको नियमित उपस्थिति नभए सम्म सिकाई गुणस्तर अवश्य सुधार हुन सक्दैन, तसर्थ शैक्षिक गुणस्तरको  खस्कदो अवस्था हुनुमा बालबालिकाको उपस्थिति दर न्यून हुनु हो भन्ने मुख्य समस्याको पहिचान गरेको छु। 

२ समस्याको विश्लेषण 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा देहाएका क्षेत्रहरूको विश्लेषण गर्न पर्दछ। 

·         विद्यालय र अभिभावकहरूको सम्बन्धमा दरार उत्पन्न हुनु अधिकांश समुदायिक विद्यालयको अभिभावकहरू विद्यालयप्रति निष्क्रिय रूपमा रहेका हुन्छन्। विभिन्न बैठक छलफल तथा सामाजिक परीक्षणहरूमा सक्रिय रूपमा सहभागी भएका हुँदैन र विद्यालयले पनि विश्वसनीय वातावरणको निर्माण गरेको हुँदैन। तसर्थ उनीहरुले विद्यालयप्रतिको विश्वास र भरोसा गुम्दै जान्छ र दुवै पक्षबीचको सम्बन्धमा दरारो उत्पन्न हुन्छ। 

·         शैक्षिक जनचेतनाको कमी  बहुसंख्यक अभिभावकहरूले बालबालिकाहरूलाई सिकाइको वातावरण निर्माण गर्नुभन्दा पनि घरायसी कामधन्धामा बढी सक्रिय गराउने र सिकाईप्रतिको चासो सरोकार तथा चेतनामा कमी भएको कारण बालबालिकाहरुलाई विद्यालयसम्म जाने उत्प्रेरित वातावरण तयार नगरेको कारण अनुपस्थित दर बढी शैक्षिक गुणस्तरमा धक्का पुग्दछ ।

·         सूचकमा आधारित सुपरिवेक्षण तथा अनुगमन नियमित नतिजामा आधारित प्रविधिमैत्री र सहभागितात्मक अनुगमन सुपरिवेक्षण तथा प्रोत्साहनमूलक कार्यक्रमहरू को आयोजना नहुँदा सबै पक्षको व्यवास्थाको कारणले बालबालिकाहरू विद्यालयसम्म नियमित टिकाउन र सिकाउन सकिएको छैन।


३ समस्याको सम्भावित समाधानहरूको पहिचान



४ समस्याको समाधानका सम्भावित विकल्पहरूको मूल्याङ्कन

शैक्षिक गुणस्तरको Issue जल्दो बल्दो र शैक्षिक क्षेत्रको पेचिलो विषयको रुपमा उठान भइरहेको छ। यसको दीर्घकालीन तथा विवेकपूर्ण निर्णयबाट विकल्पहरूको गहन विश्लेषण तथा सूचकहरू तयार गरी मूल्याङ्कन गर्न जरुरी छ। आम शैक्षिक सरकारवालाहरूको बृहत सहभागिताबाट सम्भावित विकल्पहरूमध्ये स्तरीकृत गरी प्रमुख विकल्पहरूमा पहिले निर्णय लिन पर्दछ। 

समस्या समाधानको विकल्प प्राथमिकिकरण तालिका

क्र. .

समाधानको विकल्पहरू

अत्यावश्यक नगरी नहुने ()

आवश्यक क्रमश गर्नुपर्ने ()

नियमित अर्को वर्ष गर्न सकिने ()

 अङ्कन प्राथमिकीकरण

प्रत्येक शुक्रबार अभिभावक शिक्षा (पढाउने) कार्यक्रम सञ्चालन गर्ने 

SMC, PTA अभिभावकको बैठक नियमित गरी निर्णयहरू कार्यान्वयन गर्ने

 

-

-

पहिलो

सामुदायिक सिकाई केन्द्रहरू परिचालन गरी विद्यार्थीको उपस्थिति दर बढाउने

आमासम्म गठन तथा परिचालन गरी  सचेतना कार्यक्रम गर्ने समुदायमा ड्रपआउट विद्यार्थीको खोजी गर्ने

-

-

तेस्रो

विद्यार्थी टिकाउने सिकाउने बिकाउने कार्यक्रम सञ्चालन गर्ने

विपन्न तथा अनाथ बालबालिकाहरूलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने

सुविधा सम्पन्न छात्रवासको निर्माण सञ्चालन गर्ने

-

-

दोस्रो

५ समस्या समाधानको सर्वोत्तम विकल्प छनोट 

विद्यालयका आमसरोकारवाला तथा सेवा क्षेत्रका सम्पूर्ण अभिभावक विद्यार्थी लगायत विद्यत् व्यक्तित्वहरूको सम्मेलन सभा छलफल र बैठकबाट समस्या समाधानको सम्भावित विकल्पहरू मध्ये आएका विकल्पहरूको प्राथमिकीकरण गरी मूल्याङ्कन गर्दा पहिलो समाधानको विकल्प विकल्प नम्बर एकको प्रत्येक शुक्रबार अभिभावकहरूलाई अभिभावक शिक्षा दिने र रोस्टरहरू तयार गरी पढाउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी शिक्षक अभिभावकसँग विद्यालय व्यवस्थापन समिति र आम अभिभावकहरूको नियमित बैठक गरी विभिन्न अनुपस्थित विद्यार्थीहरूको सन्दर्भमा छलफल गरी निर्णयहरू कार्यान्वयन गर्ने गरी सम्भावित विकल्पमध्ये का तीन विकल्पहरू छनोट गरिएको छ। 

६ समस्या समाधानको सर्वोतम विकल्पको कार्यान्वयन

कार्यान्वयन तालिका

क्र.

सर्वोत्तम विकल्प

कहिले गर्ने (समय)

कहाँ गर्ने (स्थान)

को मार्फत गर्ने (जवाफदेहि व्यक्ती)

कसरी गर्ने (प्रक्रिया)

किन गर्ने (कारण तथा उपादेयता)

-प्रत्येक शुक्रबार अभिभावक पढाउने कार्यक्रम सञ्चालन गर्ने,

नियमित बैठक तथा निर्णयहरू कार्यान्वयन गर्ने

-प्रत्येक हप्ताको शुक्रबारको दिन सञ्चालन गर्ने

-बालबालिका अनुपस्थित भएको टोल तथा समुदाय को अभिभावकहरूलाई समुदाय विद्यालयमा

-विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक सङ्घ, प्रधानाध्यापक, वडा  शिक्षा समिति, शिक्षक, शिक्षा शाखा सम्बन्धित रोस्टरहरू

-बालबालिका अनुपस्थित रहेका  अभिभावकको सूची तयार गर्ने

-सूचना प्रदान गर्ने

- पढाउने रोस्टर तयार गरी तालिम प्रदान गर्ने

-बजेटको स्रोत सुनिश्चितता गर्ने

- नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने

 

-बालबालिकाको पहुँच सक्रिय सहभागिता नियमित उपस्थिति दर बढाउन

-विद्यालय अभिभावकको सम्बन्ध प्रगाड बनाउन

-खस्कदो शैक्षिक गुणस्तरलाई सुधार गर्न

 

७ परिणामको मापन 


निष्कर्ष

सामुदायिक विद्यालयको गुणस्तर खस्कदो अवस्था रहेकोमा उचित समस्याको पहिचान गरी समस्याको बहुआयामिक र बहु दृष्टिकोणबाट बृहत र गहन विश्लेषण गरी मुख्य समस्या समाधानका विकल्पहरू मध्ये सर्वोत्तम विकल्प छनोट गरी कार्यान्वयन गर्दा देहाएको अवस्था पाइएको छ। 

१ विद्यार्थीहरूको विद्यालयमा पहुँच सहभागिता र नियमित उपस्थिति दरमा उल्लेख्य वृद्धि भई शैक्षिक गुणस्तरमा सघाउ पुगेको 

२ विद्यालय र समुदायको सम्बन्ध सुमधुर तथा प्रगाड भई उच्च नतिजा प्राप्त गर्ने विद्यालयको रूपमा परिचित हुन सुरु भएको

  बालबालिकाको सिकाई उपलब्धि तथा पढाइ संस्कृतिमा उल्लेख्य सुधार र अधिकतम बढोत्तरी भएको 

समस्याको वास्तविक पहिचान गरी बहुआयामिक क्षेत्रबाट विश्लेषण गरी समस्या समाधानका चरणहरूलाई आम सरोकारवालाको सहभागितामा पूरा गर्ने हो भने समस्याको दिगो भरपर्दो समाधान भई निर्दिष्ट लक्ष्य र उद्देश्य पूरा हुन सक्दछ। 

 

पेश : शैक्षिक व्यवस्थापन तथा तालिम शाखा, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, भक्तपुर

Post a Comment

0 Comments