तिमी त मैले फेर्ने हरेक सर्को सास हौ । तिमी न भए स्वास फेर्न बिर्सन्छु । यो याद गर्नु हमेसा माईली, श्वास एकोहोरो फेरिदैन दुई तर्फी हुन पर्छ र अर्को तर्फी न भए नि मेरो फोक्सो काम न लाग्ने हुन्छ ।। माईली म पबित्र प्रेमको बन्धनमा बाधिन चाहन्छु । म कुनै धोकाको श्वास लिएर बाच्न चाहन्न र सक्दिन पनि । म त हरपल एक धड्कन भएर एकै साथ स्पन्दन हुन चाहन्छु । यो माङ्सपिन्डको शरीर बाट होईन आत्मादेखी मन पराएको छु । र मलाई बिश्वास छ आत्मा देखि मन पराएको प्रियसि लाई गुमाउनु पर्यो भने मेरो मन यसरी टुट्नने छ । साहेद मेरो अस्तित्व खरानीको भेषमा ब्रह्माण्ड भ्रमण गर्ने छ याद बनेर ।


1 Comments
😍😍
ReplyDelete