Govinda Karki

Govinda Karki
Pen is symbol of power

मौन असमझदारी

म हिड्न खोज्छु,
ढुङ्गाहरु ठेस लगाईदिन्छ्न ।
मलाई लड्नु मै मज्जा छ,
किनकी
म ठक्कर खाएर जिउन सिकेको मान्छे हुँ।🏃
समाजको प्रिय ढुङाहरु💖

म बाेल्न खाेज्छु,
मेरा आावाजहरु अवरुद्ध बनाईदिन्छन।
मनलाई शान्त बनाउन नै मज्जा छ,
किनकी
म बुद्धको आवाज पहिल्याउन जानेको मान्छे हुँ ।🙅
शान्तिको प्रिय मलामीहरु💗

म प्रेम गर्न चाहन्छु,
स्वार्थी भवँरा भुन्भुनाईदिन्छ ।
मलाई प्रेमामा पर्नु तर प्राप्त नहुनु मै मज्जा छ ,
किनकी
हृदयबाट पवित्र प्रेम गर्न सिकेको मान्छे हुँ ।
वासनामा रमाउने प्रिय प्रेमीहरु💗





Post a Comment

0 Comments