Govinda Karki

Govinda Karki
Pen is symbol of power

शहिद

शोभा भगवतिको डोव,

 बन्दुकको वेदिबाट

विष्णुमती रक्तमुच्छेल

अन्तिम सर्को स्वास

धर्तीमा परिभ्रमण

प्रिय गंगालाल, 

ईतिहासमा सन्तानव्बे साल  ।


क्यानभासमा शासकको शिर

श्रीपेच माथी खण्डग्रास ग्रहण

असन र ईन्द्रचोकको बुलन्द प्रवचन  

झुपडीमा क्रान्तीको बाछीटा

नागरिकको सिंहावलोकन

प्रिय शुक्रराज, 

फेरिदैछ रैतिको काज ।


रंगमञ्चमा शहिदको सपना

नेपथ्यमा प्रजातन्त्र

दरवारमा हर्षोल्लास

सत्ताको भ्रम

रगतको पर्चा पम्पप्लेट

राष्टको गाथ

दशरथको शाथ ।


 खिया लागेको हलो कोदालो

मलामी बिहन लाशहरु

परदेशमा युवा

घरदेशमा बृद्ध, बृद्धा

धर्म भक्तको सपना धर्मराएको

समयमा

प्रजालाई भुलेर

प्रजातन्त्रमा रमाउने शासकहरु

खवरदार !

                                                            –जनता

Post a Comment

0 Comments